• शुक्रबार-बैशाख-१४-२०८१

११ बजे अध्यक्षद्वयबीच भेटवार्ता, हिजो ओली बोले, आज प्रचण्डको पालो

 

 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि २०७७ असार २३ गते पनि दुई अध्यक्षबीच छलफल जारी रहने भएको छ । 



बालुवाटार स्रोतका अनुसार, अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको भेट अहिले बिहान ११ बजेका लागि तय गरिएको छ । 



२०७७ असार २२ गते सोमबार पनि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई साथमा राखेर भएको भेट तथा वार्तामा  ओलीले मात्रै आफ्नो धारणा राखेका थिए । असार २२ गतेकाे  झण्डै डेढ घण्टा बोलेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान यथावत् राखेका छन् ।

 

त्यसैले प्रचण्डले ओलीको कुरामा चित्त बुझाएका छैनन् । ‘पार्टी अध्यक्ष ओलीले आफ्नो अडान यथावत् राखेकाले यही अवस्थामा सहमतिको विन्दु भेटिने सम्भवना निकै कम छ,’ खुमलटार स्रोतले भन्यो । 



ओलीले सोमबार नै धारणा राखिसकेकाले अहिले केहीबेरमा सुरु हुने छलफलमा प्रचण्डले धारणा राख्ने छन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतको बटमलाइनकै वरिपरि रहेर प्रचण्डले धारणा राख्ने बताइएको छ ।

 

प्रचण्ड एक्लैले ओलीसँग सहमति गर्न सक्ने आशंका पनि योबीचमा गरिएका छन् । तर माधव, झलनाथ, वामदेवलाई बाइपास गरेर उनले ओलीसँग सम्झौता गर्ने सम्भावना निकै कम रहेको बताइन्छ ।



ओलीले २०७६ मंसिर ४ को सहमतिमा उल्लेख भएअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । तर दुईमध्ये एक पद ओलीले नछाडेको अवस्थामा कुरा नमिल्ने नेकपा नेताहरू बताउँछन् । 
 

प्रतिकृया दिनुहोस