• सोमबार-बैशाख-२४-२०८१

अब भन्सार नाकाबाटै गाडीकाे तस्करी समेत व्यापक

    काठमाण्डौं ।  दक्षिणतर्फकाे सीमा नाका र भन्सारहरूबाट सुन, हुण्डी र अन्य मालबस्तु तस्करी हुने कुरा त सामान्य नै भएकाे छ ।  तर, अब तस्करहरूकाे हाैसला यति बढेकाे पाइएकाे छ कि गाडीहरूकाे समेत तस्करी व्यापक बढेकाे उदाहरण काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी सवारी साधनहरु नेपालका विभिन्न स्थानहरुमा बिक्री वितरण गरिरहेको  नेपाल प्रहरीले फेला पारेकाे छ ।


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले विशेष सूचनाको आधारमा साे कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८० फागुन २७ गते उपत्यकाका विभिन्न स्थानबाट  बेबारिसे अवस्थामा पार्किङ गरी राखेको अवस्थामा तस्करीकाे माध्यमबाट भित्रिएका गाडीहरू बरामद गरेकाे हाे ।  


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले बरामद गरेका अवैध गाडीहरूमा  वाग्मती प्रदेश ०१-०२५ च ८९८५  नम्बरको  BREZZA  गाडी १, प्रदेश ०३-०१-००१६च ४७२१  BREZZA  गाडी १ वटा , बाग्मती प्रदेश ०१-०२४ च ६८१२ भएको  BREZZA  गाडी १ वटा  र बाग्मती प्रदेश ०१-०२३च २९७३ भएको BREZZA  गाडी १ वटा  तथा २०८० चैत २५ गते का.जि. का.म.न.पा. वडा न २६ नयाँ बसपार्क बाट ग ३ च २६६९ नम्बरको Alto  गाडी १ वटा फेला पारेकाे थियाे ।


त्यसैगरी २०८१ वैशाख १२ गते का.म.न.पा.वडा न ३१ नयाँ बानेश्वरबाट प्रदेश १ -०२-००२ च ५१०८ नम्बरको Scorpio गाडी १ थान समेत  जम्मा ६ थान गाडी   फेला पारेकाे छ ।  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले  थप अनुसन्धान तथा कारबाहीको लागी मिति २०८१ वैशाख १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको जानकारी प्रहरीले दिएकाे छ  ।

 

प्रतिकृया दिनुहोस