स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएको भन्दै इमेज टीभीका समाचार प्रमुखले दिए राजीनामा
काठमाडौँ, ११ चैत : ‘कोरोना भाइरस' (कोभिड–१९) संक्रमणले देश संकटमा परेको छ । जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेबाट एक हप्ताका लागि नेपाललाई 'लकडाउन' घोषित गरेको छ। यस्तो विपत् को समयमा पनि विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु ज्यानको पर्वाह समेत नगरी कार्यक्षेत्रमा खटिएका छन्। कतिपयले आआफ्नो अनुकूलता अनुसार, जो जुन अवस्थामा छन् त्यहीबाट समाचार र दृश्यहरु सम्प्रेसण र प्रसारण गरिरहेका छन्। कोरोनाबाट उत्पन्न परिस्थितिले सिर्जित विभिन्न समस्याले गर्दा कतिपय छापा माध्यमले आआफ्नो नियमित प्रकाशन समेत बन्द गरेका छन्।
देशमा उत्पन्न संकटको घडीमा कतिपय पत्रकारहरुले संचार माध्यमको रोजगारीबाट हात धुनु पर्ने अवस्था पनि आएको छ। यस्तो अवस्थामा इमेज टेलिभिजनका समाचार प्रमुख तथा चर्चित युवा पत्रकार विजय पौडेलले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएर हिंडेको खबर छ।
इमेज टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले २०७६ चैत ९ गते सो टेलिभिजनका अध्यक्ष आरके मानन्धरलाई राजीनामा बुझाएर हिंडेको त्यहाँ कार्यरत पत्रकारहरु बताउछन्। इमेज टेलिभिजनको सीईओमा २०७६ मङ्सिरमा लक्षमण हुँमागाई नियुक्त भएपछि स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएको भन्दै कतिपय पत्रकारहरुले सो टेलिभिजन छोडेर हिंडिसकेका छन्।
विजय पौडेलले २०७६ चैत ४ गते "काेराेना नियन्त्रण र रोकथामका लागि सरकारका प्रयास तथा सचिवालयमा वामदेव विवाद"को सन्दर्भमा ईश्वर पोखरेल, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीसंग इमेज टेलिभिजनको 'सम्भाष' अन्तरगत अन्तिम कार्यक्रम चलाएका थिए।

प्रतिकृया दिनुहोस