• शनिबार-पौष-१३-२०८१

गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी 

 

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । 

 

काठमाडौमा नेपाल बीउ व्यवसायी संघको २६औँ साधरणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । 

 

मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाध संकट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरु थप  बढी संवेदनशील हुन जरुरी रहेको पनि बताए । 

 

गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत उल्लेख गरे । 

 

मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरु विगत देखि नै गर्दै आइरहेको भन्दै  बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरु निजी क्षेत्र मैत्री रहेको बताए ।
 

प्रतिकृया दिनुहोस