• शनिबार-पौष-१३-२०८१

तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज : नेपाल राष्ट्र बैंक

 


काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ ।

 

राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ । कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र  बैंकले जनाएको छ ।

 

नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ । राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।  

 

प्रतिकृया दिनुहोस