• बुधबार-कार्तिक-६-२०७६

तीन महिनामा २१ फरार अभियुक्त  पक्राउ

 


राँझा, २२ असोज (रासस) : अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्ररीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए  ।

 

उनका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महिनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्यान मार्ने उद्योग, लागुऔषध, ठगी, चोरी, सवारी ज्यानलगायतका विभिन्न अपराधमा फरार २१ जना अभियुक्तलाई पक्राउ गरिएको हो ।

 

पक्राउ परेकाबाट रु नौ लाख ५७ हजार ५०० जरिवाना असुलीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए  ।

 

अदालतको फैसला कार्यान्वयन टोली बनाएर फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने अभियान सञ्चालनमा रहेको छ । जिल्ला प्रहरी कार्यालयले गत आव २०७५÷७६ मा विभिन्न मुद्दामा कैद तथा जरिवाना भएका ७८ जनालाई पक्राउ गरी अदालतमा बुझाएको थियो । 
–––
–––

प्रतिकृया दिनुहोस