• शुक्रबार-बैशाख-१४-२०८१

काठमाडौँ भनेर के गर्नू ? जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ   

 

काठमाडौँ, ५ असोज :  शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् ।  

 

यस्तै साँखु, जहरसिंहपौवा हँुदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन । अरु बेला पनि यो सडकको अवस्था उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ ।  केराघारीका बासिन्दा सवारी साधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउँछन् 

 

 जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुँदा बोकेरै जहरसिंहपौवा पु¥याउनुपर्ने अवस्था छ । “काठमाडौँ भनेर के गर्नू ? बिरामीलाई बोकेरै अस्पताल पु¥याउनुपर्छ । सडक छ गाडी चल्दैन”, स्थानीय जीतबहादुर तामाङले भने  ।

 

 वडाध्यक्ष सन्तबहादुर वाइबा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताछन्  । प्राकृतिकरुपमा रमणीय जहरसिंहपौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँठाउँमा खाल्टाखुल्टी छन् । “भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ”, सो सडकखण्डमा यात्रा गर्दै आउनुभएका सन्तोष चौलागाईंले भने । 

 

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सीफेदी र नाङ्लेभारेमा बर्खाको समयमा बस चल्दैन । “बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ”, चौलागाईंले भने  । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको छ महीना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउँछन्  । “हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्”, उनले भने । रासस

प्रतिकृया दिनुहोस