सरकारलाई ज्ञानेन्द्रको चुनौती
काठमाडौं । काठमाडौं महानगरपालिका एक छत्र राज गर्दै आईरहेको विवादस्पद प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई नै चुनौती दिएका छन् । मन्त्रालयले कर्मचारी समायोजनका सहयोग गर्न केही समयका लागि भन्दै महानगरका कार्कीलाई मन्त्रालय बोलाएका थियो । तर, कार्कीले मन्त्रालयले पठाएको ताकेता पत्रलाई धोती लगाईदिएका छन् । सघीय सरकारलाई उल्टो चुनौती दिँदै कार्की महानगरपालिकामा राज गरेर कमिशन असुल्ने काममा बढी सक्रिय रहेको स्रोत बताउछ ।
ज्ञानेन्द्र काकीलाई मन्त्रालयले २०७६ साउन १ गते मन्त्रालयमा काजमा हाजिर भई कर्मचारी समायोजनमा सहयोग गर्न पत्र पठाएका पठाएको थियो । मन्त्रालयले पत्र पठाएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सोही दिन मन्त्रालयमा हाजिर हुने गरी पत्र समेत तयार गरेका थिए । तर कार्कीले आफ्नो रवाफ देखाउँदै प्रमुख प्रशासकीय अधिकृतले दिएको पत्रलाई पूर्णरुपमा वेवास्ता गर्दै बरु केदार न्यौपानेलाई नै सरुवा गर्ने धम्की सहित शक्ति केन्द्र धाएको स्रोत बताउछ ।
मन्त्रालयले २०७६ साउन १ गते पहिलो पत्र पठाएको थियो । मन्त्रालयको पत्र अटेर गरेर महानगरमै बसेका उनलाई मन्त्रालयले पुन: दोस्रो पत्र २०७६ साउन ३ गते पठायो । तर कार्कीले सो पत्रको पनि अवज्ञा गरे । उनी मन्त्रालय गएनन् । मेयर विद्यासुन्दर शाक्यले पनि कार्कीलाइ मन्त्रालय हाजिर गर्न जान भन्न सकेनन् । मन्त्रालयले पठाएको दुवै पत्रलाई वेवास्ता गरेपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीले गर्दैै आईरहेको प्रशासन विभागको जिम्मेवारी हटाई दिएका छन् । उनको ठाउँमा निमित्त भई काम गर्न बखत साउदलाई थप जिम्मेवारी दिइएको छ ।
तर, पनि कार्की अझै महानगरको प्रशासन विभाग छोड्न मानिरहेका छैनन् । केही पुरान मितिका फाइलहरूमा दस्तखत गर्नेकाम गरिरहेको स्रँेत बताउछ । विना जिम्मेवारी महानगरको प्रशासन विभाग कब्जा गरेर बसेका कार्की संघ सरकार भन्दा पनि बलिया हुन त रु कर्मचारी बृत्तमा प्रश्न उठेकोे छ । महानगरपालिकामा नासुबाट जागिरे जीवन शुरु गरेका कार्की २५ बर्षे जागिरे जीवनमा अकुत सम्पत्ति कमाउन सफल भएको दावी स्रँेतको छ । उनीसँग अहिले काठमाडौंमा २ वटा आलिसान महल छ भने काभ्रेपलाञ्चोकको बनेपामा उनले महानगरपालिकाकै जुनियर कर्मचारीको नाममा ९० रोपनी जग्गा खरिद गरेको दावी पनि गरिएको छ ।
काठमाडौं महानगरपालिकाका विवादस्पद कार्कीलाई मन्त्रालयले दुई वटा पत्र पठाउँदा पनि सरकारको निर्देशन अटेरी गर्नुको कारण झन् झन् रहस्य बन्दै गएको छ । सो विषयमा महानगरका मेयर शाक्य भने मौन रहेका छन् ।

प्रतिकृया दिनुहोस