• मंगलबार-पौष-२३-२०८१

क्लाइम्बिङ स्पोर्ट वाग्मती प्रदेश र काठमाडौँ उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन

ललितपुर, पुस २१ गते । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अन्तर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन हालै ललितपुरमा सम्पन्न भएको छ। यस निर्वाचनमा वाग्मती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ भने काठमाडौँ उपत्यका कमिटीको अध्यक्ष पदमा रुपेश अधिकारी चयन भएका छन्।

वाग्मती प्रदेश कमिटीमा उपाध्यक्षद्धयको रूपमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन्। सचिवको पदमा नवीना गुरुङ र कोषाध्यक्षको रूपमा डोमा तामाङ चयन भएका छन्। यसका साथै, सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन चयन भएका छन्।

 

काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धयका रूपमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी चयन भएका छन्।

 

उक्त भेलामा ४२ जना सदस्यको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तथा विशेष अतिथिहरूमा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघका सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल र कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ प्रमुख उपस्थित थिए।

 

यस निर्वाचनले नेपाल क्लाइम्बिङ स्पोर्टको विकास र प्रवर्द्धनमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस