भूकम्पमा परी तिब्बतमा ३६ जनाको मृत्यु
काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
हाल सम्म प्राप्त जानकारी अनुसार मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ । नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिकृया दिनुहोस