• शुक्रबार-चैत-१६-२०८०

के हो माइग्रेन ? माइग्रेनबाट कसरी बच्ने ? 

 

अहिले माइग्रेन रोग युवाहरूमा तेज रूपमा बढ्दै गइरहेको छ । हतारको जिन्दगी, ढिला सुत्ने बानी, बिहान ढिला उठ्ने बानी, अव्यवस्थित खानाको समय एवं बढी तनाव लिएमा माइग्रेन युवाहरूमा बढी देखिन थालेको हो । सावधान हुन सकिएन भने यो जीवनमा खतरा बन्न सक्छ । यदि समयमा नै विज्ञ तथा चिकित्सकसँग सल्लाह लिन सकेमा यसलाई सामान्यरूपमा नै नियन्त्रण गर्न सकिन्छ । तर, यसबाट ठीक हुन केही समय लाग्न सक्छ ।

 

माइग्रेन रक्त वाहिकाहरूबाट रगत नर्भहरूमा फैलनु र यसबाट निस्कने केही केमिकलका कारण हुन्छ । माइग्रेनको चार वटा अवस्था हुन्छ ती प्रोडाम, आरा, हेडेक र पोस्ड्रोम हुन् । खास कुरा त के छ भने अहिले युवाहरू माइगे्रनबाट बढी प्रभावित भएको पाइन्छ । अहिले औषधिले माइग्रेन रोगबाट पूर्ण निको हुन सकिन्छ । यसको अलग अलग अवस्थाको आधारमा यसबाट पूर्ण निको हुन पनि अलग अलग समय नै लाग्ने दावी चिकित्सकहरूको रहेको छ ।  

 


माइग्रेनका लक्षणहरू
–आधा टाउको दुख्ने र विस्तारै बढ्दै जाने । 
–टाउको दुख्नुको साथसाथै बान्ता आउने । 
–टाउको दुखाईको साथसाथै पखाला लाग्नु । 
–विस्तारै विस्तारै आँखा धमिलो हुँदै जानु । 
– टाउको दुख्नुभन्दा पहिले शरीर आलस्य हुनु, धेरै निद्रा लाग्नु । 

 


माइग्रेन बच्ने उपायहरू
–सुत्ने र उठ्ने समय निश्चित गर्ने प्रयास गर्ने । सकिन्छ भने राती छिटो सुत्ने र बिहान छिटो उठ्ने प्रयास गर्ने । 
–समयमा भोजन गर्नु । लामो समयसम्म ब्रत नराख्नु ।
– कफीयुक्त पदार्थ एवं चियाको सेवन एकदमै कम गर्ने । 
– धेरै उज्यालोबाट टाढा रहने । 
– यी उपायहरूका साथसाथै माइग्रेनलाई प्रेरित गर्ने खालका वस्तुहरूबाट बच्ने ।

प्रतिकृया दिनुहोस