• मंगलबार-माघ-२२-२०८१

पिताम्बर तिम्सिनालाई कुस्ती संघको चुनौती

काठमाडौं । नेपाल कुस्ती संघले राष्ट्रिय खेलकुद परिषद राखेपले पुर्नगठन गरेको कुस्ती संघप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष नारायणदेव राणाले विज्ञप्ति जारी गर्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले अनधिकृत रुपमा अस्तित्वमा रहेको राजमोहम्मद अन्सारी नेतृत्वको कुस्ती संघलाई नै पुनर्गठनको नाममा मान्यता दिनु कानुनी राज्य र लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप भएको बताएका छन् । 

राणा नेतृत्वको कुस्ती संघलाई राखेप र अन्सारी नेतृत्वको संघलाई नेपाल ओलम्पिक कमिटिको मान्यता थियो । तर राखेपले विवाद समाधानको नाममा राणा नेतृत्वको कुस्ती संघलाई निर्वाचन गर्न नदिएर ओलम्पिक कमिटिबाट मान्यता पाएको कुस्ती संघलाई पुनर्गठनको नाममा मान्यता दिएको हो ।

 

राणाले आफूसंग सहमति भएर पुनगर्ठन गरिएको भन्दै गोलमटोल जवाफ दिने तिम्सिनालाई प्रमाण देखाउन चुनौती दिएका छन् । 

 

अध्यक्ष राणाले २०७२ साल जेठ २५ गते विधिवत रुपमा गठन गरिएको संघले पुनः साधारण सभाका लागि स्विकृति माग गर्दा राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले नदिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस