• शनिबार-बैशाख-८-२०८१

कृष्ण लामाको ‘कोही न कोही’ आधुनिक गीत सार्वजनिक(भिडियोसहित)

 

कृष्ण लामाको स्वर, जोन छन्त्याल्को भाषा संकलन, रमेशराज भट्टराईको संगीत रहेको ‘कोही न कोही’ बोलको आधुनिक म्युजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको छ । हाइलाइट्स नेपालले असार १५ गते म्युजिक भिडियो यूट्युबमा पोष्ट गरेको हो । यस गीतको भिडियो समेत यूट्यूबमा सार्वजनिक गरिएको छ । उक्त गीतको म्युजिक भिडियो जापानमा सुटिङ गरिएको हो ।

यस गीतको भिडियोमा कृष्ण लामा, आरोही सुवेदी, परिधि झा र लाभान्सी कार्कीको अभियन रहेको छ । दिलिप श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । जापानमा बस्दै आएका कृष्ण लामाले स्वर दिएको ‘कोही न कोही’ बोलको गीत उनको पहिलो गीत हो । 

प्रतिकृया दिनुहोस