• बुधबार-असोज-१५-२०८२

जाजरकोटमा जिप दुर्घटना, एकको मृ त्यु, तीन घाइते


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातर्फ गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

 

बुधबार बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड–५ का २२ वर्षीय निसान वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

 

घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् ।

 

घाइतेमध्ये दुई जनालाई उपचारका लागि नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस