काठमाडौं, २३ भदौ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, घाइतेमध्ये एक जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् भने ७०–८० जना घाइते उपचाररत छन्।
मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिकृया दिनुहोस