• मंगलबार-भदौ-२४-२०८२

नेपालका हिंसात्मक घटनाप्रति सात देशका दूतावासहरूको चिन्ता

🇦🇺 अस्ट्रेलिया 🇫🇮 फिनल्याण्ड 🇫🇷 फ्रान्स 🇯🇵 जापान 🇰🇷 दक्षिण कोरिया 🇬🇧 बेलायत 🇺🇸 संयुक्त �

काठमाडाैं । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको घटनाका कारण मृत्यु र घाइते हुने अवस्थाप्रति संवेदनशीलता प्रकट गर्दै दूतावासहरूले पीडित परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

“हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

यस्तै, दूतावासहरूले सबै पक्षलाई संयम अपनाउन, परिस्थितिलाई थप बिग्रन नदिई शान्तिपूर्ण समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस