• शनिबार-श्रावण-२४-२०८२

अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु


काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ । 


सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो । 


उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए । 


दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए ।
 

 

प्रतिकृया दिनुहोस