साउन २४, काठमाडौं । निर्देशक निशान बानियाले तिजको अवसर पारेर महाराजाको गित सार्वजनिक गरेका छन । चर्चित नेपाली गायिका समीक्षा अधिकारीको स्वर रहेको तीजको गीतमा जीवनका अनुभव र पीडालाई समेटिएको छ।
कुशल विश्वकर्माको शब्द र संगीत रहेको गीतको लय भने पूर्ण संयोगको रहेको छ । म्युजिक भिडियोमा स्मारिका ढकाल, शिशीर पौडेल र सुजन कार्कीले अभिनय गरेका छन् ।
भिडियोलाई निशान बानियाले निर्देशन र कोरियोग्राफी राजाराम सिम्खडा गरेका छन् । सुरेश श्रेष्ठको छायांकन र पदम सुवेदीको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।
प्रतिकृया दिनुहोस