• आइतबार-श्रावण-२५-२०८२

तस्बिरमा  जनैपूर्णिमाको विभिन्न स्थानका विभिन्न आकर्षण फाेटाे फिचर 

तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा जनैपूर्णिमाको अवसरमा २०८२ साउन २४ गते शनिबार बिहान जनै फेर्दै आश्रमका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने/ रासस


पोखरा महानगरपालिका-६स्थित केदारेश्वर मन्दिर परिसरमा २०८२ साउन २४ गते शनिबार बिहान जनैपूर्णिमाको  अवसरमा जनै मन्त्रँदै  ब्राह्मणहरु । तस्बिर : राधिका कँडेल / रासस

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोलाको शङ्खे पिपलघाटमा २०८२ साउन २४ गते शनिवार बिहान जनै पूर्णिमाको अवसरमा स्नान गर्दै स्थानीय। यस दिन जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय, नदी, ताल, तलाउ वा पोखरीमा गई माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी, विशेष मन्त्रद्वारा मन्त्रिएको नयाँ जनै धारण गर्ने परम्परा छ। तस्बिर : कुलदीप न्यौपाने / रासस


हातमा जनै लगाउँदै भक्तजन

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा २०८२ साउन २४ गते शनिबार जनैपूर्णिमाको दिन हातमा जनै लगाउँदै भक्तजन। तस्बिरः रत्न श्रेष्ठ/रासस


रक्षा सूत्र बाँध्दै बालक 


जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा पोखरा–२ मिरुवास्थित विन्ध्यवासिनी मन्दिरमा रक्षा सूत्र बाँध्दै ब्राह्मण। जनैपूर्णिमा जनै र राखी बाँध्दा देव, ऋषि र पितृ ऋणबाट मुक्त भई बल, बुद्धि र तेज प्राप्त हुने जनविश्वास छ। तस्बिरः युनिश गुरुङ र रासस

जनैपूर्णिमा र रक्षाबन्धन आकर्षण  : चित्रकला

पोखराकी कलाकार कृपा श्रेष्ठ संस्कृति र आधुनिकताको संयोजन गर्दै गुरुङ संस्कृतिको पहिरनमा सजिएकी एक युवतीलाई क्यानभासमा उतार्दै । तस्बिर ः जमुना वर्षा शर्मा / रासस

 

प्रतिकृया दिनुहोस