त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउछ । त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन् ।
सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो ।
त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ । पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले बडिमालिका जाने तिर्थालुहरुले जाँदा र आउँदा त्रिवेणीमा नुहाएर पुण्य कमाउने विश्वास गर्छन् । अछाम, बाजुरा र कालिकोटबाट नजिक पर्ने त्रिवेणी पाटन पछिल्ला दिनमा बडिमालिकाबाहेकको समयमा पनि पर्यटकको रोजाईमा पर्दै गएको छ ।
प्रतिकृया दिनुहोस