काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार देखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिदै बैठक समापन हुने नेकपा माओवादी केन्द्र सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्नेछन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् । आजको बैठक अहिले बिहान ११ बजेदेखि बस्दैछ ।
प्रतिकृया दिनुहोस