• बिहीबार-श्रावण-१-२०८२

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

 

काठमाडौँ : चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  नगरसभाको १६ आँै अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

 

    नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२ /८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्नुहुँदै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस