• बुधबार-असार-३२-२०८२

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालको श्रीलंकाविरुद्ध सानदार जित 


काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ । 


बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो । 


नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे । 


जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।

 

 

प्रतिकृया दिनुहोस