• मंगलबार-असार-३१-२०८२

बैंकिङ क्षेत्रको समग्र सुधार कार्यदलद्वारा प्रतिवेदन पेस


काठमाडौँ, ३१ असारः बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष २०८२ असार ३० गते  सोमबार प्रतिवेदन बुझाएको हो ।
 कार्यदलमा नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहनुभएको थियो ।

    केन्द्रीय बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकाेमा असार ३० गते सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो । 
(तस्बिर : नेपाल राष्ट्र बैंक)

प्रतिकृया दिनुहोस