काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (तराई ) ६५ रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ७५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो १५ रुपैयाँ, लौका प्रतिकिलो १५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ३० रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो २५ रुपैयाँ, झिगुनी प्रतिकिलो ४५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम ७० रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १६० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
प्रतिकृया दिनुहोस