• मंगलबार-असार-३१-२०८२

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका छन् । 


मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् ।


उनले कहिले काहीं नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन्  ।


उनले लेखेका छन्,‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहीं नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टिले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’
 

प्रतिकृया दिनुहोस