• बिहीबार-असार-२६-२०८२

मस्कले फेरि लगाए ट्रम्पमाथि यौन शोषणको आरोप, एपस्टेन फाइल खोल्ने दावी

 

क्यालिर्फोनिया, २६ असार । टेस्लाका सीईओ एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टेनको फाइल गोप्य राखेको पुनः आरोप लगाएका छन् । हालै अमेरिकन पार्टी खोलेका मस्कले यी फाइलहरू सार्वजनिक गर्नु उनको पार्टीको प्राथमिकता भएकोसमेत जानकारी दिएका छन् ।


मस्कले मंगलबार एक्समा लेखेका थिए, ‘ट्रम्पले एपस्टेनका फाइलहरू रिलिज गरेनन् भने मानिसहरूले उहाँमाथि कसरी विश्वास गर्ने ?’ जब एक प्रयोगकर्ताले यो मुद्दा आफ्नो पार्टीको लागि महत्त्वपूर्ण छ भनेर सोधेका थिए, मस्कले १०० प्रतिशत भन्दै इमोजीको साथ जवाफ दिएका छन् । 


जेफ्री एपस्टेन मुद्दा नाबालिग केटीहरूको यौन शोषणसँग सम्बन्धित छ, जसमा धेरै उच्च प्रोफाइल व्यक्तिहरूको नाम बाहिर आएको थियो । मस्कले यसअघि जुन ५ मा जेफ्री एपस्टेनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी गरेका थिए ।

 

मस्कले एक्समा लेखेका थिए, ‘अब ठूलो खुलासा गर्ने समय हो। डोनाल्ड ट्रम्पको नाम एपस्टेन फाइलहरूमा छ । उनीहरुलाई सार्वजनिक नगर्नुको कारण यही हो । डोनाल्ड ट्रम्प, शुभ दिन ।’ उनले अर्को पोस्टमा लेखे, ‘भविष्यको लागि यो पोस्ट नोट गर्नुहोस् । सत्यतथ्य बाहिर आउनेछ ।’ यद्यपि, मस्कले पछि त्यो पोस्ट हटाए र आफूले धेरै बोलेको स्वीकार गरेका थिए ।

 

जेफ्री एपस्टेन पहिलो पटक २००६ मा पाम बीच, फ्लोरिडाबाट गिरफ्तारमा परेका थिए । एपस्टेनलाई वेश्यावृत्ति र एक नाबालिग माथि यौन दुर्ब्याबहारमा दोषी ठहराइएको थियो । तर, केही बार्गेनिङ पछि उनले १३ महिनाको मात्रै हिरासत पाए, काममा रिहा गर्न अनुमति दिए । 

 

तर, भर्जिनिया गिफ्रे नामकी एक महिलाले सन् २००९ मा आरोप लगाएकी थिइन् कि एपस्टेनले आफू नाबालिग छँदा यौन बेचबिखनमा जबरजस्ती गरेको थियो । नाबालिगहरूको यौन तस्करीको आरोपमा एपस्टेनलाई २०१९ मा फेरि पक्राउ गरिएको थियो । यो गिफ्रेले एप्स्टीन विरुद्ध अदालतमा गवाही दिएकी थिइन् ।


एपस्टेनलाई वेश्यावृत्तिको सञ्जाल चलाउने र ठूलो संख्यामा महिलाको यौन दुर्व्यवहार र मानव बेचबिखनको आरोपमा दोषी ठहर गरिएको थियो। उनको जेलमा नै रहस्यमय तरिकाले मृत्यु भएको थियो । 

 

प्रतिकृया दिनुहोस