• बुधबार-असार-१८-२०८२

बारा कोल्हवीबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ, ५ वटा मोटरसाइकल बरामद

 

बारा, असार १७ । मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय कोल्हवी, बाराको टोलीले चोरी भएका ५ वटा मोटरसाइकल बरामद गरेको छ।

विभिन्न मिति, समय र स्थानहरूबाट हराएका मोटरसाइकल सम्बन्धी पीडितहरूले इलाका प्रहरी कार्यालय कोल्हवी र बारास्थित सम्बन्धित निकायहरूमा निवेदन तथा जाहेरी दरखास्त दिएपछि प्रहरी निरीक्षक रञ्जन मिश्रको कमाण्डमा खटिएको टोलीले ती मोटरसाइकलहरू खोजतलास गर्ने क्रममा सफलताको साथ फेला पारेको हो।

बरामद गरिएका मोटरसाइकलहरू:
१. प्र.२-०३-००६ प ६५१५ — १२५ सि.सि. क्षमताको Honda Shine
२. ना. ४८ प. ६९७० — TVS RTR 200, कालो रङ
३. बा. ९४ प. २१४६ — Bajaj Pulsar 220, निलो रङ
४. ना. ६५ प. ८८६० — TVS Striker, रातो कालो रङ
५. प्र.२-०३-००५ प ६२२६ — TVS Striker, निलो रङ

यी मोटरसाइकलहरू निम्न तीन जनाको साथबाट बरामद गरिएको हो:

१. राहुल बिक, उमेर २१, बारा कोल्हवी नगरपालिका–१, स्थायी बासिन्दा
२. अर्जुन खवास, उमेर २३, हाल कोल्हवी क्षेत्रकै बासिन्दा
३. मुस्कान चौधरी, उमेर २३, हाल कोल्हवी क्षेत्रमै बसोबास

पक्राउ परेका तीनै जनालाई मोटरसाइकल चोरी सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन थालेपछि मोटरसाइकल हराउने घटना घटाउने सम्भावना रहेको र आम जनतालाई समेत सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रहरीले सवारी साधन सुरक्षित स्थानमा पार्क गर्न, सुरक्षा लक प्रणाली जडान गर्न र कुनै पनि शंका लाग्दा प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ।

— साँघु न्यूज डटकम

प्रतिकृया दिनुहोस