• मंगलबार-असार-१७-२०८२

तरबुजाको दानाबाट शरीरले पाउनेछ आधा दर्जन फाइदा

 

काठमाडौं, ७ असार । गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं ।

 

जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामबाण औषधी हुन् । यसबाट धेरै समस्याहरू समाधान गर्न सकिन्छ । आउनुहोस्, यी तरबुजाको बीउहरू कसरी प्रयोग गर्ने र कुन कुन रोगहरूमा तिनीहरू प्रभावकारी साबित हुन सक्छन्, जानौं ।

 

पेट र पाचन सफा गर्न 

तरबूजाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि कब्जियतको समस्या छ भने यी दानाको सेवनले पेट सफा राख्न फाइदाजनक हुन्छ । तरबूजाको सुकेको दानालाई पिसेर त्यसको धूलो बनाएर बिहान खाली पेटमा मनतातो पानीसँग खानुहोस् । यसबाट धेरै फाइदा हुन सक्छ ।

 

मधुमेह नियन्त्रण

तरबूजाको दानामा पाइने म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । अनुसन्धानका अनुसार यी बीउहरूले इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीलाई नियन्त्रणमा राख्छ। तपाईं तरबूजाको बीउबाट चिया बनाउन सक्नुहुन्छ। जस्तो कि २ कप पानीमा १ चम्चा दाना उमालेर छानेर दिनमा एक पटक पिउनाले फाइदा हुन्छ ।

 

स्वास्थ्य मुटु

यी बीउहरूमा पाइने स्वस्थ बोसो, जस्तै ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमले मुटुलाई स्वस्थ राख्छ । तिनीहरूले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ र हृदयघातको जोखिम कम गर्छ ।

 

छाला र कपालको लागि वरदान

तरबूजाको दानामा जिंक, प्रोटीन र आइरन पाइन्छ, जसले कपाललाई बलियो र छालालाई चम्किलो बनाउँछ । यी बीउहरूले छालालाई फ्रि रेडिकलहरूबाट जोगाएर बुढ्यौलीलाई पनि कम गर्छ । यी बीउको तेल पनि बजारमा पाइन्छ । तपाईंले यसलाई अनुहारको तेल वा कपालको तेलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

 

रोग प्रतिरोधात्मक क्षमता 


तरबूजाको बीउमा आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता शक्तिशाली पोषक तत्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले भाइरल इन्फेक्सनबाट पनि बचाउँछ । त्यसका लागि पहिला तरबुजाको बीउहरू धुनुहोस्, तिनीहरूलाई सुकाउनुहोस् र पछि भुटेर खानुहोस् । यसले शरीरबाट रोगहरू टाढा राख्छ । 

 

यसबाहेक, यसलाई स्मूदी वा सलादमा टपिङको रूपमा हालेर वा यी दानाको पाउडर बनाएर पानी वा दूधमा मिसाएर पिउन सक्नुहुन्छ ।

 

 

प्रतिकृया दिनुहोस