• बुधबार-असार-१८-२०८२

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं, ६ असार । शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । 

 

साथै, चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री गर्न भइरहेको छ ।

 

गत बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रतिकृया दिनुहोस