• बिहीबार-असार-५-२०८२

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

 

काठमाडौं । विश्व सम्पदा सूचिकृत क्षेत्रमा पटक–पटक विवाद र राजनीतिकरणले गाँजिएको छ । बौद्ध स्तूप परिसरमा रहेका दुइ ठूला संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध क्षेत्र विकास समितिवीच समय समयमा कार्यगत असहमति हुँदै आएको छ । छुट्टै छुट्टै कार्य विधि सहित जिम्मेवारी प्राप्त दुइ संस्थाविच एकअर्कामा क्षेत्राधिकार मिचिएर काम गरेको आरोप प्रत्यारोप हुँदै आइरहेको छ ।

 

यसैबीच गत असार ३० गते बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा कुमार तामाङले घ्याङ गुठीको अधिनमा रहेको शौचालय भत्काइ दिएका छन् । गुठी पदाधिकारी तथा कर्मचारीलाई समेत जानकारी नदिई शौचायलय भत्काएपछि गुठीले बौद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको छ । उजुरीमा गुरू ल्हाखाङ गुम्बाको जगलाई समेत असर पु¥याउने गरी क्षेत्र विकासको तर्फबाट अध्यक्ष राजकुमार लामाको एकल निर्देशनमा कुमार तामाङको टोलिले घ्याङ गुठी अन्तरगत रहेको शौचालय भत्काइएको र उनी विरूद्ध पक्राउ गरी आवश्यक छानविन तथा कारवाहीको माग राख्दै गत असार १ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले उजुरी दर्ता गरेको हो । उक्त उजुरी उपर कारवाही प्रक्रियालाई अगाडी बढाउन प्रहरी निरिक्षक सुजनलाई खटाइएको छ ।

 

विश्व सम्प्दा सूचिकृत महा चैत्य तथा ल्हाखाङ गुम्बाको व्यवस्थापन, संरक्षण तथा क्षेत्राधिकर प्राप्त दुई संस्था श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी नेपाल सरकार अन्तरगत सञ्चालित हुन् । यी दुइ संस्थाहरूको काम कारवाहीको लागि अधिकार, कर्तव्य र क्षेत्राधिकार कार्यविधिमै स्पष्ट छन् तर पटक–पटक विवाद उत्पन्न हुने कार्य भइरहेकोले त्यस क्षेत्रको हितको लागि सिंगो बौद्धमार्गीहरू चिन्त व्यक्त गर्दै आइरहेका छन् ।

 

विशुद्ध धार्मिक स्थलभित्र व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका खेल्दै नकारात्मक सन्देश दिन खोजिएको आरोप लाग्दै आए पनि श्री बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गठीको कामकारवाहीलाई असहज बनाउन लागेको गम्भीर आरोप लागेको छ ।

 

क्षेत्रविकास समितिले संरचना निर्माण तथा मर्मत सम्भार गर्दै बौद्ध स्तूप परिसरलाई शान्ति सुव्यवस्था मिलाउनुको सट्टा परापूर्वकालदेखि गुठीले गर्दै आएको पूजापाठ तथा धार्मिक कार्यलाई समेत असर पु¥याउँदै आएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आरोप छ ।

प्रतिकृया दिनुहोस