पर्सा, ५ असार । पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन् ।
उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए । पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस