• बिहीबार-असार-५-२०८२

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गर्भवती महिलाको मृ त्यु

 

रौतहट ,५ असार । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन् ।

 


घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुनलाई विद्युतीय करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्क खातुनको गर्भवती रहेको प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन् ।

 


मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस