• मंगलबार-असार-३-२०८२

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

 

दमौली (तनहुँ), २ असार : गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ ।

 

नेपालीको शव खुदी खोलास्थित तानेको दहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । 

 

बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो । नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
---

 

प्रतिकृया दिनुहोस