काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।
प्रतिकृया दिनुहोस