काठमाडौं, १ असार । इजरायल र इरानबीच पछिल्ला तीन दिनयता देखिएको द्वन्द्व र त्यससँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिव र दोहास्थित नेपाली दूतावासहरूलाई टेलिफोन सम्पर्कमार्फत सो क्षेत्रका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, हाल इजरायलमा करिब ५,५०० नेपाली, र इरानमा १२ नेपाली रहेका छन् र उनीहरू सबैको सुरक्षित अवस्थामा रहेको पुष्टि भएको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र इजरायल–इरानको घटनासँग सम्बन्धित सूचना सावधानीपूर्वक र नियमित रूपमा प्रवाह गर्न आफ्ना मिशनहरूलाई निर्देशन दिएको छ। यस्तै, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारका निकायहरूद्वारा आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको जनाइएको छ ।
सहयोग र सम्पर्कका लागि निम्न अधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ :
नेपाली राजदूतावास, तेल अभिभ
श्री कुमार बहादुर श्रेष्ठ - नियोग उप-प्रमुख / प्रवक्ता
प्रतिकृया दिनुहोस