• शनिबार-जेठ-२४-२०८२

वरिष्ठ अधिवक्ता शम्भु थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग

 

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

 

 
नेपाल प्रेस डट कमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा थापाले अपशब्द बोल्दै दुर्व्यवहार गरेका थिए । 

 

 

सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यान आकर्षण भएको जनाएको हो । 

 


चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको निष्कर्ष उल्लेख गरिएको छ । सो विज्ञप्तिमा दोषीलाई कानुनी कारवाही गर्नसमेत माग गरिएको छ ।  

 

श्रमजीवी पत्रकारमाथि भएको यस हर्कतको विरुद्ध सशक्त्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेशागत संघसंगठनलाई आह्वान गरेको छ । यसैगरी पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभुति दिन समेत विज्ञप्तिमार्फत माग गरिएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस