मुगु । लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर शाही निर्वाचित भएका छन् ।
शुक्रबार मुगुको सदरमुकाम गमगढीमा सम्पन्न भएको लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट शाही सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा द्वय कर्मा तामाङ लामा, तिर्थराज चौलागाई, महासचिवमा अर्जुनकुमार केसी, उपमहासचिवमा द्वय सुरेन्द्र रावल, राकेश रोकाया, कोषाध्यक्षमा जयन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा द्वय सुशिलकुमार मल्ल, बखत शाही निर्वाचित भएका छन् । सदस्यहरुमा सानुमाया मल्ल, कैलाश बढुवाल, धर्मेन्द्र रावल, मयलाल बोहोरा, हरी रावल, होमराज भाम, रडक शाही र हिक्मत मल्ल रहेका छन् ।
यस्तै, लोकतान्त्रिक निर्माण व्यवसायी संघको केन्द्रीय प्रतिनिधिमा लोकेन्द्रबहादुर मल्ल, रमेशकुमार मल्ल, लोकेन्द्रबहादुर शाही, लोकराज दाहाल, तिलकबहादुर कार्की, तिर्थराज चौलागाई निर्वाचित भएका छन् ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघका प्रदेश संयोजक मोहनप्रकाश आचार्यको सभापतित्वमा नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागिहरुले तमाम निर्माण व्यवसायीका हक र हितका लागि लड्ने जुजारु संगठनका रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघले काम गर्नुपर्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस