रौतहट । बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारतको बिहार राज्यको घोडासहन घर र कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी ५ वर्षीया सिवानी गुप्ता रहेको बारा प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो २.३० बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते सिवानीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतनमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले बताए । उनका अनुसार उपचारका क्रममा सिवानीको ४ः ०५ मा मृत्यु भएको हो ।
ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस