काठमाडौं, ३० वैशाख – माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी (एस) भित्र फेरि पनि शक्ति संघर्षको बाढी आएको छ। पार्टीको युवा संगठन—नेपाल युवा संघ (एकीकृत समाजवादी निकट)—मा नेतृत्व चयनको विषयलाई लिएर सुरु भएको विवाद अहिले झलनाथ खनाल र माधव नेपालबीचको सिधा प्रतिष्ठाको लडाइँ मा परिणत भएको छ।
अब प्रश्न यतिमा आइपुगेको छ-के माधव नेपाल यो संकटबाट उबेलिनेछन् ? कि पार्टी गुटैगुटको जंगलमा हराउनेछ ?
युवा संगठन कुनै पनि दलको भविष्य निर्माणको आधार हो। नेतृत्व विकास, कार्यकर्ता प्रशिक्षण र संगठन विस्तारमा यसको भूमिकालाई कमजोर बनाइनु दीर्घकालीन राजनीतिक क्षति हो। अहिले नेतृत्वकै कारण महाधिवेशन स्थगित हुनु, कार्यकर्तामाझ असमञ्जस हुनु भनेको पार्टीको मुटुमा चोट लाग्नु हो।
थापा बनाइए संयोजक, ज्ञापनपत्रसहित विरोधमा राई–खनाल समूह
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल निकट नेता सञ्जीप राई र निर्भिक खनाल (झलनाथ खनालका सुपुत्र) को टिम अहिले सार्वजनिक रूपमा आक्रोशित छ। युवा संघका इञ्चार्ज लक्ष्मण केसीले रोशन थापालाई आयोजक कमिटीको संयोजक घोषणा गरेपछि बबाल सुरु भएको हो।
थापा अध्यक्ष नेपालनिकट मानिन्छन्। राई संयोजकको प्रमुख दावेदार थिए। तर, ‘एकलौटी ढंगले’ थापा अगाडि सारिएपछि राई–खनाल समूहले ज्ञापनपत्र बुझाउँदै सार्वजनिक असहमति जनाएको छ। उनीहरूको अडान छ-"यो निर्णय अस्वीकार्य छ।"
महाधिवेशनमै फुट, सम्मेलन अधुरो
विवादको बीउ भने महाधिवेशनमै रोपिएको थियो। नेतृत्व छनोटका विषयमा सम्मेलनमै दुई समूहबीच चर्काचर्की भएको थियो। अन्ततः सम्मेलन नै बीचमै स्थगित गर्नु परेको थियो। अब त्यो विवाद झनै गहिरिएको छ।
नेपाल–खनाल सम्बन्धमा चिसोपन, पार्टीमा गुटबन्दी बढ्दै
यो विवाद केवल भातृसंगठनको नेतृत्वसम्म सीमित छैन। राजनीतिक वृत्तमा अहिलेको घटनालाई झलनाथ खनाल-माधव नेपाल र घनश्याम भुसालको सम्बन्ध चिसिएको संकेतको रूपमा हेरिएको छ। पार्टीको मूल संरचनाभित्रै नेपाल, खनाल, भुसालकाे बेग्ला बेग्लै साेच र समूहमा विभाजित रहेकाे छ । एका नेताहरू एकले अर्काेकाे विरोधले अध्यक्ष नेपाललाई दबाबमा पारेको छ।
अहिले पार्टीभित्रको एउटा प्रभावशाली समूह एमालेसँग पुनः एकता गर्नुपर्ने विचारमा उभिएको छ। यसले नेपाललाई दुई धारबीच अलमल्याएको छ-एकातिर सत्ता र संगठनको सम्हालो, अर्कोतिर आफ्नै नेताहरुको अवज्ञा । महासचिव घनश्याम भुसाल न जे एन न त माधव ! उनी एमालेसँग पनि नमिल्ने र पार्टीकाे संगठन विस्तारमा पनि सक्रिय भएर नलाग्ने प्रवृत्तिकाे सिकार भएका छन् ।
स्वास्थ्य र पतञ्जली प्रकरणले थपिए अर्काे चोट
यसबिच अध्यक्ष नेपालको स्वास्थ्य पनि चिन्ताजनक छ। हृदयसम्बन्धी समस्या देखिएपछि उनी आराममा छन्। तर, प्रधानमन्त्री हुँदा उनले पतञ्जलीलाई जग्गा हदबन्दी नलाग्ने गरी दिएको निर्णय अहिले कानूनी र राजनीतिक विवादको बिषय बन्दैछ।
सामाजिक सञ्जालदेखि आन्तरिक बैठकसम्म, अध्यक्ष नेपालमाथि ‘अनैतिक निर्णयकर्ता’ को आरोप लाग्न थालेको छ। यसले उनलाई सार्वजनिक छविमा पनि असर पुर्याएको देखिन्छ।
नेतृत्व संकटको संघारमा एस ?
एकीकृत समाजवादी पार्टी स्थापनाकै दिनदेखि नेतृत्वमुखी र व्यक्तिवादी संरचनामा अडिएको देखिएको थियो। तर, अहिले त्यो संरचना अन्तरविरोध र गुटबन्दीको गोलवन्दीमा ध्वस्त हुने स्थितिमा पुगेको छ।
यदि नेतृत्वमा समायोजन र सन्तुलन हुन सकेन भने, युवा संगठनको विवाद पार्टीभित्र गहिरो विभाजन को कारक बन्न सक्ने संकेत देखिन्छ। वरिष्ठ नेता खनाल र अध्यक्ष नेपालको सम्बन्ध विग्रियो भने त्यो पार्टी अस्तित्वकै संकट बन्न सक्छ।
अब प्रश्न यतिमा आइपुगेको छ-के माधव नेपाल यो संकटबाट उबेलिनेछन् ? कि पार्टी गुटैगुटको जंगलमा हराउनेछ ?
युवा संगठनको बिखण्डनले दीर्घकालीन क्षति पुर्याउने
युवा संगठन कुनै पनि दलको भविष्य निर्माणको आधार हो। नेतृत्व विकास, कार्यकर्ता प्रशिक्षण र संगठन विस्तारमा यसको भूमिकालाई कमजोर बनाइनु दीर्घकालीन राजनीतिक क्षति हो। अहिले नेतृत्वकै कारण महाधिवेशन स्थगित हुनु, कार्यकर्तामाझ असमञ्जस हुनु भनेको पार्टीको मुटुमा चोट लाग्नु हो।
प्रतिकृया दिनुहोस