• मंगलबार-बैशाख-३०-२०८२

प्रतितोला दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस