मस्को, १३ बैशाख । रूसको शीर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् । मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।
जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ ।
डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले युक्रेन शान्ति वार्ताका लागि मस्कोमा राष्ट्रपति पुटिनलाई भेट्ने क्रममा यो बिष्फोट भएको हो, जुन पछिल्ला समयमा मारिएका सबैभन्दा उच्च सैन्य अधिकारी हुन् । यो हमलासँगै यो स्पष्ट भएको छ कि युरोप– युक्रेन मस्कोसँग हुने भनिएको शान्ति वार्ताबाट बाहिरिएका छन् ।
यसअघि गत १७ डिसेम्बर २०२४ मा मात्रै रूसको विकिरण, रासायनिक र जैविक संरक्षण सेनाको नेतृत्व गरेका जनरल इगोर किरिलोभको मस्कोमा रहेको उनको अपार्टमेन्ट ब्लक बाहिर इलेक्ट्रिक स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा अचम्म तरिकाले मृत्यु भएको थियो ।
त्यसको केही दिनअघि नै रुसी क्षेप्यास्त्र वैज्ञानिक मिखाइल शात्स्कीको मस्को नजिकैको जंगलमा गोली हानी हत्या गरिएको थियो । डिसेम्बर २०२३ मा इल्या किभा पहिले रुस समर्थक विचारधाराका साथ युक्रेनी सांसद मस्को बाहिर एउटा पार्कमा गोली हानी मारिएका थिए ।
अप्रिल २०२३ मा युद्ध समर्थक ब्लगर भ्लाडलेन टाटारस्की सेन्ट पिटर्सबर्गको एक क्याफेमा एक कार्यक्रमको क्रममा उनलाई दिइएको मूर्तिमा लुकाइएको बमले मारिएको थियो ।
युक्रेनी सुरक्षा सेवाहरूले यी हत्यामा आधिकारिक रूपमा संलग्नता स्विकार गर्दैनन् । तर, तिनीहरूले त्यस्ता हत्यामा चासो राख्छन् भन्नेमा कुनै शंका नभएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस