• बुधबार-बैशाख-१०-२०८२

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

 

काठमाडौं, ९ बैशाख । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेका लागि सरेको छ ।


राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो । 

 

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिँदै १० दिन पछि सारिएको हो ।


बिगत २१ दिनदेखि आन्दोलनमा उत्रिएको शिक्षकहरूले परीक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयबाट पछि हटेको हो ।


शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलिपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।
 

 

प्रतिकृया दिनुहोस