जनकपुर । धनुषा जिल्लामा वैशाख ११ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को वार्षिक परीक्षालाई सुव्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन अनुरोध गरेको छ ।
जिप्रका धनुषाले परीक्षा अवधिभर परीक्षा केन्द्रहरूमा कर्मचारीहरूको उपस्थिति अनिवार्य हुने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी दिउँसो १२ बजेसम्म खटिन सक्ने कर्मचारीहरूको विवरण पठाउन आग्रह गरेको हो ।
पठाइने विवरणमा कर्मचारीको नाम, पद, इमेल, मोबाइल नम्बर तथा कार्यरत कार्यालयको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।
जिल्ला प्रशासनले यस्तो पहल परीक्षा प्रक्रियालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउनका लागि गरिएको जनाएको छ । साथै, समयमै कर्मचारीको विवरण नआए प्रशासनिक कठिनाइ हुन सक्ने भन्दै सम्बन्धित कार्यालयहरूलाई शीघ्र समन्वय गर्न पनि अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस