• बुधबार-बैशाख-१०-२०८२

धनकुटाबाट २० किलो गाँजासहित एकजना पक्राउ

 

धनकुटा,९ बैशाख । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षीय अबि तामाङ रहेका छन् ।

 

आज धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्वरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागूऔषध गाँजा २० केजी फेला परेको हाे ।

 

उक्त गाँजा र मोटरसाइकलसहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस