• सोमबार-बैशाख-८-२०८२

राप्रपा महामन्त्री धवल शमशेर राणा जमानीमा रिहा 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । 


गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा उनी पक्राउ परेका थिए ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि २०८२ वैशाख ७ गते आइतबार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।

 

 

प्रतिकृया दिनुहोस