• सोमबार-बैशाख-८-२०८२

राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारीका बारेमा छलफल हुँदै

 

काठमाडौं, ८ बैशाख । संघीय संसदका २ समितिको बैठक बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

 

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

 

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने भएको छ । जुन बैठक अपरान्ह १२ः४५ बजेदेखि सुरू हुनेछ ।
 

प्रतिकृया दिनुहोस