• सोमबार-बैशाख-१-२०८२

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा 


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । 


अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

 

 

प्रतिकृया दिनुहोस