मुम्बई, ३१ चैत । सैफ अली खानको छुरा प्रहार प्रकरणमा बान्द्रा प्रहरीले मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा आरोपपत्र दायर गरेको केही दिनपछि अब यसको विवरण बाहिर आएको छ ।
यसै अनुसार जनवरी १६ मा बलिउड अभिनेता सैफ अली खानलाई घरमा छुरा प्रहार गर्ने व्यक्तिसँग झगडा गरिरहँदा उनकी श्रीमती तथा बलिउड अभिनेत्री करिना कपुर खानले उनलाई आक्रमणकारीलाई छोडेर आफ्नो सुरक्षा र उपचारलाई प्राथमिकता दिन आग्रह गरेको खुलेको छ ।
करिना कपुरले पुलिसलाई दिएको बयानमा यो कुरा भनेकी हुन, जसलाई चार्जशीटको हिस्सा बनाइएको छ । यस मामिलामा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद शरीफुल फकिर विरुद्ध बान्द्रा पुलिसले १६ सय १३ पृष्ठको चार्जशीट दायर गरेको छ ।
आरोपपत्रका अनुसार करीना आफ्नी साथी रिया कपूरलाई भेटेर जनवरी १६ मा बिहान १ः२० बजे मात्रै घर फर्किएकी थिइन् । ‘करिब २ बजेतिर जुनु (जहाङ्गिरकी आमाबुवा) कराउँदै मेरो कोठामा आउनुभयो, जयबाबाको कोठामा एकजना मानिस हातमा छुरी लिएर आएका छन्, पैसा मागिरहेका छन् भनेर आत्तिदै भने ।’
त्यसपछि करीना र सैफ जहाँगीरको कोठामा पुगे र अभियुक्त आक्रमणकारीलाई पहिलो पटक देखेका थिए । आरोपपत्रका अनुसार सैफले लुटेरालाई भेटे र सोधे ‘को हो, तिमी के चाहन्छौ ?’ भन्दै आरोपीतिर लागेका मात्रै के थिए, त्यसपछि अभिनेता र आरोपित बीच झडप सुरू भयो ।
करीनाले भनिन्, ‘सैफले आक्रमणकारीलाई काखमा समातेर लडाए तर आक्रमणकारीले उनको घाँटी, ढाड र हातमा छुरीले प्रहार गरिरहेको थियो ।’ आरोप पत्रमा भनिएको छ कि अर्की नानी गीता सैफलाई मद्दत गर्न दगुरे तर आक्रमणकारीले उनलाई पनि आक्रमण गरे र उनको हातमा पनि चोट लागेको थियो ।
त्यसपछि करिनाले चिच्याइन्, ‘जैबाबा (जहांगीर) लाई चाँडै बाहिर निकाल्नुहोस् ।’ करीना जहाँगीर, तैमुर र आलेम्मासँगै बाह्रौं तलाको कोठामा दौडिन् । केही समय पछि सैफ बाह्रौं तल्लाको कोठामा आए, उनको लुगा रगतले भिजेको थियो र उनको ढाड र घाँटीमा घाउ थियो ।
‘सैफले आक्रमणकारीलाई पक्रने हरसम्भव प्रयास गरिरहेका थिए, त्यतिन्जेल हाम्रा सेवक हरि, रामु, रमेश र पासवान सहयोग गर्न आए । हामी सबैले आक्रमणकारीलाई खोज्ने प्रयास गर्यौं, तर कतै फेला पार्न सकेनौं । त्यतिबेला सैफको उपचार बढी जरुरी भएकोले मैले भनेँ, ‘यो सब छोड, पहिले तल गएर अस्पताल लैजाउ । हामी सबै आफ्नो ज्यान जोगाउन लिफ्टबाट ओर्लियौं ।’
हरिले सैफलाई अटोरिक्शामा लिलावती अस्पताल लगेका थिए, तैमुर पनि साथमा थिए । पछि करीनाले आफ्नी बहिनी करिश्मा कपूर र म्यानेजर पूनम दमानियालाई मद्दतको लागि सम्पर्क गरिन् । उनका म्यानेजरका श्रीमान् तेजस दमानियाले प्रहरीलाई खबर गरेपछि अफिसर आएर परिसरमा खोजी गरेका थिए तर आक्रमणकारीको कुनै पत्ता लागेन ।
सैफ अली खानलाई १६ जनवरीको बिहान उनको मुम्बईको घरमा एक घुसपैठिले चक्कुले आक्रमण गरेको थियो । मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका आरोपी केही दिनपछि पक्राउ परेका थिए र हाल जेलमा छन् । उसमाथि मुम्बईस्थित सैफ अली खानको घरमा लुटपाटको नियतले प्रवेश गरेको आरोप छ । उनले अभिनेता र उनका कर्मचारीलाई काठको हतियार र ब्लेडले आक्रमण गरेको आरोप पनि लगाइएको छ ।
प्रतिकृया दिनुहोस