• शुक्रबार-बैशाख-५-२०८२

बारामा चट्याङ पर्दा २० लाख बराबराकाे कुखुरा फार्म ध्वस्त

 

कलैया, २८ चैत । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ ।

 

बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

 

आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ । आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षति भएको छ ।

 

 

प्रतिकृया दिनुहोस